काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिकुल परिस्थितिमा सरकारी निकायहरु उद्धार रातहको लागि उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा रहेको बताएकी छिन्।

शनिबार कार्कीले देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै राज्यको सम्पूर्ण स्रोत परिचालन गरेर विपदका बेला नागरिकलाई सहयोग गर्ने बताएकी हुन्।

यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, प्रशासन, स्वास्थ्यकर्मी र अन्य सेवाप्रदायक निकायहरु नागरिकलाई यथासम्भव नागरिकहरुलाई तत्काल सेवा प्रदान गर्न तत्पर रहेको उनले बताएकी हुन्।

उनले भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं। म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।’

उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको र आवश्यक सहयोग लिनका लागि अप्ठ्यारो नमान्न भनेकी छिन्।

सरकारका सबै निकायहरू प्रतिकूल परिस्थितिका बाबजुत पनि उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन्।

‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा छन्’, भिडियो सन्देशमा प्रधामन्त्रीले भनिन्।

‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं। जोखिमको परिस्थिति बढ्ने क्रममा छ। हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ। निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्।

नागरिकलाई उनले भनेकी छिन, ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्।’

उनले राष्ट्रिय तथा महत्वपूर्ण राजमार्गहरु र अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको पनि उनले बताएकी छिन्। अवस्थाले अनुमति दिने वित्तिकै राजमार्गहरु खुलाउन प्राथमिकता दिने पनि प्रधानमन्त्रीले बताएकी छिन्।

कुनै पनि काम गर्दा जोखिमको उच्च आँकलन गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न पनि उनले भनेकी छन्।