काठमाडौं। नेपालले यस वर्षको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) कप २०२५ मा आफ्नो अभियान तुर्कमेनिस्तानविरुद्धको खेलबाट सुरु गर्ने भएको छ।
प्रतियोगिता बाङ्लादेशको ढाकास्थित सहिद सुहरावर्दी इन्डोर स्टेडियममा ५ कार्तिक (२२ अक्टोबर) देखि १० कार्तिक (२८ अक्टोबर) सम्म सञ्चालन हुने छ।
नेपालसहित बाङ्लादेश, श्रीलंका, माल्दिभ्स, तुर्कमेनिस्तान र अफगानिस्तान गरी ६ टोली सहभागी यस संस्करणमा हरेक टोलीले एक–अर्कासँग राउन्ड रोबिन फर्म्याटमा खेल्नेछन्।
उद्घाटन खेलमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ।
नेपालले दोस्रो खेल ६ कार्तिक (२३ अक्टोबर) मा आयोजक बाङ्लादेशविरुद्ध खेल्नेछ। तेस्रो खेलमा ७ कार्तिक ९२४ अक्टोबर० मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
एक दिनको विश्रामपछि नेपालले ९ कार्तिक (२६ अक्टोबर) मा अफगानिस्तान र १० कार्तिक (२७ अक्टोबर) मा श्रीलंकासँग लिग चरणको अन्तिम खेल खेल्नेछ।
लिग चरणका शीर्ष चार टोली फाइनल चरणमा पुग्नेछन्। शीर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
फाइनल ११ कार्तिक (२८ अक्टोबर) मा हुनेछ।