२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

निगमले आज (बुधबार) रातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।

निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत् छ।