काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

नेप्सेमा आज मुक्तिनाथ विकास बैंक लिमिटेडको कारोबार सर्वाधिक भएको छ। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.३० रुपैयाँ रह्यो।

३० आश्विन २०८२
अ+
अ-

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारको ओरालो यात्रा रोकिएन। १८.४० अंकले घटेको नेप्से २४८७.१७ विन्दुमा रोकिएको छ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.७३ अंकले घट्दै ४३५.२९ अंकमा पुगेको छ। नेप्सेमा आज ३११ वटा कम्पनीको ३६ हजार ५३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच भए। जसअनुसार आज तीन अर्ब २७ करोड ५४ हजार ८६४ रुपैयाँबराबरको कारोबार भएको छ।

ओरालो लागेको सेयर बजारमा आज १९७ कम्पनीका सेयर घटे। ४५ वटा कम्पनीको सेयर मूल्य बढे। ९ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा म्युचुअल फन्ड र बैंकिङ समूहको सूचक बढे भने बाँकी सबै सूचक राताम्मे बने।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ। यसैगरी समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात् समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेप्सेमा आज मुक्तिनाथ विकास बैंक लिमिटेडको कारोबार सर्वाधिक भएको छ। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.५० रुपैयाँ रह्यो। यसको १५ करोड ३० लाख ९७ हजार ६१५ रुपैयाँको सेयर कारोबार भएको छ।