काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेका कोकिल शाही, रामेछापको सिर्जन अधिकारी र सर्लाहीका हेम तामाङ छन्। तामाङलाई मंगलबार बेलुका ललितपुर जिल्ला प्रहरी परिसर, अधिकारी र शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो। तामाङलाई एकान्तकुना र अधिकारी र शाहीलाई सातदोबाटो क्षेत्रबाट पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले बताए।

पक्राउ परेका तीनै जनालाई ललितपुर परिसरले हिरासतमा लिएर अनुसन्धान थालेको छ। तामाङको बा.९०प १६१३ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। कात्तिक ३ गते बेलुका अधिकारीमाथि सातदोबाटोमा दुर्व्यवहार भएको थियो। पैदल हिँडिरहेका अधिकारीलाई स्कुटरमा सवार व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहारपछि फरार भएका व्यक्तिहरूलाई प्रहरीले खोजी थालेको थियो। “सीसीटीभी फुटेजको मद्दतले हुलिया पहिचान गरेपछि खोजीमा अपराध अनुसन्धान र हाम्रो कार्यालयको टोली संयुक्त रूपमा खटिएको थियो,” बोगटीले भने।