जनकपुर। प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज (सोमबार) जनकपुर पुगेका छन्।
गृहमन्त्रीको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाललगायत छन्।
आजै टोलीले जनकपुरका विभिन्न छठ घाटहरुको अवलोकन गरेका थिए। उनले जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। साथै गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक पनि बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।