काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। त्रिदेशीय प्रतियोगितामा नेपालले घरेलु टोली भारतमाथि २-१ को जित हासिल गरेको छ।

सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सानदार दुई
गोल गरिन्। भारतका लागि फरवार्ड करिष्मा पुरुषोत्तम सिर्भोइकारले सान्तोवना एक गोल फर्काइन्।

यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप-विजेता बनेको छ। नेपालले पहिलो खेलमा इरानसँग ३-० को हार बेहोरेको थियो। पहिलो खेलमा इरानसँग २-० ले हारेको भारतले कुनै पनि अंक जोड्न सकेन।

सावित्राले खेलको दोस्रो मिनेटमै सेन्टरब्याक विमला विकको लामो दूरीको पासलाई सदुपयोग गर्दै नेपाललाई अग्रतामा ल्याइन्।

खेलको ६३औं मिनेटमा सावित्राले सनसनीपूर्ण फ्रिकिक गोल गरिन्। करिब २५ यार्ड परबाट सावित्राले लिएको ‘सेटपिस’ले पहिलो बारको टप कर्नर जाली चुम्यो। यसअघि कप्तान संगीता बास्फोरेबाट मिडफिल्डर प्रीति राई फउल हुन पुगेपछि नेपालले फ्रिकिक अवसर प्राप्त गरेको थियो। खेलको ८१औं मिनेटमा करिष्मा पुरुषोत्तम सिर्भोइकारले भारतका लागि सान्तोवना गोल गरिन्।