काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ।
पाकिस्तानको इस्लामावादमा आज (शुक्रबार) भएको खेलमा नेपाल पाकिस्तानसँग ३-० सोझो सेटमा पराजित भएको हो। प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो।

पाकिस्तानले पहिलो सेट २५-१४ अङ्कले तथा दोस्रो सेट २५-१८ अङ्कले जित्यो। खेलको तेस्रो सेट पनि पाकिस्तानले २५-१० अङ्कले जित्यो। नेपालले अब यही १० साउनमा बांग्लादेशसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित ६ देश सहभागी छन्। शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।