काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज (बुधबार) दिनभर म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले भट्टचनलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टचनलाई हिजो (मंगलबार) ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले नेपालन्युजसँग कुरा गर्दै जिल्ला अदालतले सीआईबीलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको बताए।

सीआईबीका अनुसार भट्टचनमाथि ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ।