काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेप्से ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा रोकिएको छ।

आजको दिनमा ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता सेयर किनबेच भए। जसमा ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको छ।

आज होटेल तथा पर्यटन समूह २.१५, जलविद्युत् ०.०१, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढेको छ। अरु सबै समूहका सूचक घटे। बैंकिङ ०.३४, विकास बैंक ०.९१, वित्त ०.७७, लगानी ०.१७, जीवन बिमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फन्ड ०.०८, निर्जीवन बिमा ०.१९ र अन्य समूह १.२० प्रतिशतले घटे।

आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सबैभन्दा बढी ज्योति विकास बैंक बन्ड-२०८७ को सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको २३ करोड ६५ लाख २९ हजार १४३ रुपैयाँबराबरको कारोबार भएको छ।

त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको ६ लाख १४ हजार ५९ कित्ता सेयर किनबेच भए।