काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। भक्तपुरस्थित जगाती वृत्तबाट लुटिएका गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका २२ वर्षीय सुमन कार्की छन्। कोठा भाडामा लिएर बस्दै आएका कार्कीलाई एसएलआर राइफललका १६ थान गोलीसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए।

२४ भदौको जेन-जी आन्दोलनका क्रममा कार्की जगाती वृत्त आगजनी तथा लुटपाटमा संलग्न रहेको जबेगूले बताए। उनलाई हिरासतमा राखेर प्रहरीले तोडफोड, आगजनी, लुटपाट तथा आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ।