काठमाडौं। बुटवलबाट पाल्पाको म्यालढाप जाँदै गरेको भ्यान (इभी) दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका १, सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी, सोही गाउँपालिका ४‚ अमलाबासका ३४ वर्षीय कमल रायमाझी र ४१ वर्षीय रामबहादुर गाहा छन्।
पाल्पा रैनादेवीछहरा गाउँपालिका ४, पीपल भञ्ज्याङस्थित भित्री सडकखण्डमा बुधबार अपराह्न लु.प्र.०१-००१ज ००९१ नम्बरको भ्यान सडकबाट करिब ३५० मिटर तल खसेर दुर्घटना भएको पाल्पा प्रहरी प्रवक्ता (प्रहरी नायब उपरीक्षक) होमप्रकाश चौधरीले बताए।
दुर्घटनामा सख्त घाइते भएका उनीहरूलाई उद्धार गरी तानसेन अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।