काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
काठमाडौँको थापाथलीस्थित राम मन्दिर परिसरमा अतिक्रमण गरी राखिएका संरचना भत्काइँदै। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ ।

सम्पदा क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचनामा आज (शुक्रबार) महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने महानगरको योजनासमेत रहेको महानगरले जानकारी दिएको छ।