काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिग फुटबलमा काँकेविहार युथ क्लब र टाइगर्स टिमले जित निकालेका छन्।

मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको स्पर्धामा काँक्रेविहार युथ क्लबले हैरान्स युथ क्लबलाई ३-२ ले हरायो। काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष चापागाईं र अनिश घर्ती क्षेत्रीले गोल गरे। हैरान्सका लागि समराज थोकर र विश्व लामाले गोल गरे। विजयी टोलीका रोहन कार्की सो खेलको म्यान अफ द म्याच घोषित भए।

टाइगर्स टिमले गाईघाटलाई २-१ ले हरायो। विजयी टोलीका सुजन लामा र आशिष श्रेष्ठले गोल गरे। गाईघाटका युगन राईले गोल गरे। टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए।

२ मंसिरसम्म हेटौँडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ। सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली युथ क्लब, नवजागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार युथ क्लब, विजय स्पोर्ट्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।

लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउनेछन्। राष्ट्रिय लिग पुसमा हुनेछ।