काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलंकासँग तीन विकेट पराजित भएको छ। यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो। त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो। नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अविजित ३१ रन बनाए।

श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुसन्काले समान एक–एक विकेट लिए। सतासी रनको लक्ष्य श्रीलंकाले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट लिए।