काठमाडौँ। नेपाली अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी-२० विश्वकप खेलाउने अम्पायरमा नियुक्त भएका छन्। गुप्ता सोमबार भारत प्रस्थान गर्दै छन् भने भारतबाट नै १४ नाेभेम्बरमा श्रीलंका जानेछन्।
प्रतियोगिताको उद्घाटन खेल नाेभेम्बर ११ (२५ कात्तिक) मा भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा २३ नोभेम्बर (७ मंसिर) मा हुनेछ। नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङ्ल्यान्डले पहिलोपटक आयोजना हुन लागेको दृष्टिविहिन महिला टी–२० विश्वकपमा सहभागिता जनाउने छन्।
गुप्ता सिनियर टोलीकाे विश्वकपकाे खेलाउने पहिलाे नेपाली अम्पायर बनेका छन्।