काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन्।

हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ। योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ।

शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए। नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन्।

नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीन दिवसीय खेल, पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका शरद समेत सदस्य हुन्  ।