काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

चार वर्षपछि मात्र शीर्ष लिग सुरु हुने सम्भावना देखिएपछि खेलाडीहरू आन्दोलित बनेका थिए।

२४ कार्तिक २०८२
एन्फा कम्प्लेक्सअगाडि विरोधमा उत्रिएका खेलाडी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडिएको छ।

एन्फाले ‘ए’ डिभिजन लिग गराउन माग गर्दै सडकमा उत्रिएका नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधिलाई सोमबार वार्तामा बोलाएको थियो।

तर, खेलाडी संघका अध्यक्ष विक्रम लामाले सूचनाको हकअन्तर्गत सबै सम्बन्धित पक्षले यसबारे जानकारी पाउनुपर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। खेलाडीहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेपछि एन्फाले वार्ताको प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गर्यो। योसँगै वार्ता भाँडिएको छ।

गत १७ कात्तिकमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो। बरु त्यसको सट्टा आगामी ९ पुसबाट राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको थियो। त्यसअनुसार चार वर्षपछि मात्र शीर्ष लिग सुरु हुने सम्भावना देखिएपछि खेलाडीहरू आन्दोलित बनेका थिए।

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन।

गत २० कात्तिकमा खेलाडीले एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन गरेका थिए। आफूले उठाएको माग एक साताभित्र पूरा नगरे संघर्ष नरोकिने चेतावनी दिएका थिए। यही चेतावनीको तीन दिनपछि मात्रै एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो।

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन। बरू एन्फाले शीर्ष डिभिजनका ६ क्लबलाई समेटेर राष्ट्रिय लिग गराउने घोषणा गरेको छ। यो लिगमा शीर्ष डिभिजन च्याम्पियन चर्च ब्वाइजसँगै मच्छिन्द्र, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) लिगमा सहभागी हुनेछन्।

यस्तै हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट चार क्लबले सहभागिता जनाउनेछन्।