काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि आयोजित ‘ट्रफी जात्रा’ पाटन दरबार स्क्वायर पुगेको छ।

एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टुर गरिरहेका बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाडौं दरबार स्क्वायरमा ‘ट्रफी जात्रा’ आयोजना गरेको हो।

पाटन दरबार क्षेत्र पुगेको ट्रफीसँग फोटो खिच्न समर्थकको भिड लागेको थियो। विराटनगरबाट सुरु भएको ट्रफी टुर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिनेछ।

विराटनगरबाट ट्रफी टुर मधेस प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौं आइपुगेको हो। काठमाडौंका प्रमुख स्थानमा ट्रफी टुरसँगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिनेछ।

एनपीएलको दोस्रो संस्करण यही १ देखि २७ मंसिरसम्म हुँदै छ।

हेर्नुहोस् थप तस्बिर :