काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनमा घाइते भएका युवाले आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन्। निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो।

बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए। उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए।