१ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। जेन-जी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन्। उनीहरु जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा हिरासतबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागुऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका ४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार थिए।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरुकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो।