काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

सात सवाल

१३ मंसिर २०८२
अर्जुन सापकोटा
अ+
अ-

लोकदोहोरी गायनमा सानै उमेरमा चम्केका २७ वर्षीय अर्जुन सापकोटाको दुई हप्ताअघि सार्वजनिक ‘झलिको’ गीत अहिले चर्चामा छ। टिकटक र रिल्समा भाइरल यस गीतका गायक सापकोटाका यसअघिका ‘वनकी चरी’, ‘बस्यौ अलक्कै’, ‘मौरी रसैमा’, ‘पानी परेको’ लगायत गीत चर्चित छन्।

आफ्ना गीतका भिडिओहरूमा मोडलिङ गर्ने सापकोटा कुनै दिन फिल्म खेल्ने प्रस्ताव आए पछि नहट्ने सोच राख्छन्। नेपालन्युजको सात सवालमा उनीसँग गरिएको फिल्म संवाद।

तपाईंले हेरेको पहिलो नेपाली सिनेमा कुन हो? कहाँ? कहिले?

पहिलोपटक हलमा हेरेको फिल्म नारायण रायमाझीको परदेशी हो। पोखराको हलमा हेरेको थिएँ।

मन पर्ने नेपाली हिरो हिरोइन?

राजेश हमाल र स्वस्तिमा खड्का।

पहिलोपटक भेटेर बोल्ने अवसर पाएको हिरो/हिरोइन?

राजेश हमाल दाइ र मधु भाउजूसँग भारतमा भएको भेट। उहाँहरूको भर्खरै बिहे भएको थियो। चण्डीगढको कार्यक्रममा म गाउन गएको थिएँ, उहाँहरू प्रमुख अतिथि बनेर आउनुभएको थियो।

अर्जुन सापकोटा

मन पर्ने नेपाली फिल्मी गीत?

हामी तीन भाइ फिल्मको ‘तीर्खा लागे निरमाया’। हामी देउसीभैलो खेल्दा यो गीत निकै चलेको थियो। खुब नाचियो यसमा।

सबैभन्दा बढी हेरेको फिल्म?

हिन्दी फिल्म थ्री इडियट्स धेरै मन परेर दोहोर्‍याई तेहर्‍याई हेरेको छु।

हलमा पछिल्लो समय हेरेको फिल्म?

परान।

आफ्ना गीतमा मोडल बन्नुभएको छ, कुनै दिन फिल्म खेल्नुभयो भने कुन हिरोइनको जोडी बन्ने मन छ?

खेलिहाले भनेँ स्वस्तिमा खड्का। उहाँसँग जोडी बन्दा मलाई पनि सुहाउँछ कि जस्तो लाग्छ।