सात सवाल
बेनिसा हमाल १४ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री हुन्। उनले मोक्ष, ब्लाइन्ड रक्स, छक्का पञ्जा ४ लगायत दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्। उनका द ब्लु लाइट, एक्लो–१ र बिगुल यही महिना प्रदर्शनमा आउँदै छन्।
हालै अभिनेत्री हमालको निर्देशनमा बनेको छोटो फिल्म ‘मिसिङ ब्राइड’ युट्युबमा सार्वजनिक भएको छ। नेपालन्युजले अभिनेत्री हमालसँग गरेको जाडो संवाद :
जाडो महिनामा मन पर्ने तीन कुरा?
घाम ताप्नु, सुन्तला खानु र ब्ल्यांकेटभित्र बसेर फिल्म हेर्नु।
जाडोमा कस्तो पहिरन मन पर्छ?
लङ कोट, लङ बुट र स्टकिन्ससहितको सर्ट लुगा।

बेनिसा हमाल
जाडोमा गर्नै मन नलाग्ने कुरा?
चाँडै उठ्न, राति हुने छायांकन र बिहानको मिटिङ।
जाडोमा मन पर्ने खाना?
तातो ग्रिन टी, हट एन्ड सावर र चाइनिज हट पट।
जाडोमा नुहाउँदा चिसो पानी कि तातो?
बिहान चिसो पानीले नै नुहाउँछु। कामबाट ढिलो फर्केर राति नुहाउँदा तातो पानीको प्रयोग गर्छु।
जाडोकै कारण दिनचर्यामा आउने फरक के छ?
गर्मीमा ६/७ बजे नै मर्निङवाक र जिम गइन्छ। जाडोमा ९/१० बज्छ, कहिलेकाहीँ साँझ नै पर्छ।
जाडोमा मुड फ्रेस गर्ने कुरा?
ट्रेकिङ र हिउँले मुड फ्रेस बनाउँछ।