जनकपुरधाम। राष्ट्रिय सभाको रिक्त रहेको चार सदस्यका लागि हुने निर्वाचन को मधेस प्रदेशमा निर्वाचन अधिकृतकाे कार्यालय आजदेखि सञ्चालनमा आएको छ।
मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा मतभार १० हजार ८सय ३९ रहेको छ। त्यसैगरी १०७ जना प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ। जसको मतभार ५ हजार ६ सय ७१ रहेको छ।
निर्वाचनमा मतदाता रहेको अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुखको मतदाता २७२ रहेको छ। जसको मतभार १९ रहेको छ भने कुल मतभार ५ हजार१सय६८ रहेको छ।
निर्वाचनका मुख्य अधिकृत सुभाष बाबु पुरीले कतिपय प्रदेश सभा सदस्यहरू निलम्बनमा परेको र स्थानीय तहका जनप्रतिनिधिहरु जो मतदाता रहेका छन् उनीहरु समेत निलम्बनमा परेकोले अन्तिम नामावली प्रकाशित हुन नसकेको र अन्तिम नामावली प्रकाशित भएपछि कुल मतदाताको सङ्ख्या पत्ता लाग्ने उनले जानकारी दिए।
निर्वाचन आयोगले १९ गते मतदाता नामावली प्रकाशित गर्नेछन् भने माघ ११ गते निर्वाचन हुने छ। यही २२ गते अन्तिम नामावली प्रकाशित हुनेछ। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्वाचन आचारसंहितालाई कडाईका साथ पालन गरिने समेत जानकारी दिए।
मधेस प्रदेशमा दुईवटा निर्वाचन स्थल रहनेछ। मतदानको लागि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्र तोकिएको छ। मधेस प्रदेशमा हुने चार जना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा महिला एक, अल्पसंख्यक एक, दलित एक, अन्य एक रहेका छन्।