१९ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

जनकपुरधाम। काठमाडौँबाट जनकपुरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शनिबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया स्थित लक्ष्मिनिया-जनकपुरधाम भित्री सडकखण्डमा काठमाडौँबाट जनकपुरधाम तर्फ आउदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार आफै अनियन्त्रीत भई नहरमा खसेको हाे।

कारमा सवार भारत विहारको पटना बस्ने वर्ष ७५ को बिजय प्रकाशको टाउको र शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा बिहान ८ बजे मृत्यु भएकाे छ।

कार चालक साेहि ठाउँका ६२ का अजय प्रकाशको शरिरको विभिन्न भागमा चोट लागेकाे छ भनेअवस्था सामान्य रहेकाे छ। कारमा सवार निज अजय प्रकाशको श्रीमती वर्ष ६५ की रसमी प्रकाशको शरिरको विभिन्न भागमा चोट, अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ।

कार घटनास्थलमै रहेको, नहरबाट निकाल्ने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिए।