काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन्।
आगामी प्रतिनिधि सभाको निर्वाचनको लागि रुपन्देही २ मा विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस भएको हो।
पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेका पौडेलले यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार दिँदै आएका छन्।
पौडेल यहीँ क्षेत्रबाट २०६४, २०७०, २०७४ र २०७९ मा लगातार निर्वाचित हुँदै आएका छन्।