२३ पुष २०८२
अ+
अ-

काठमाडौं।फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र सान्टियागो नजिकै रहेको छ।

यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि उल्लेख गरेको छ, जसको केन्द्र सहरबाट करिब २७ किलोमिटर पूर्वमा छ।

भूकम्पपछि प्रशासनले अहिलेसम्म कुनै सुनामी अलर्ट जारी नगरिएको स्पष्ट पारेको छ । ब्याकोल्कोलले बुधबारको यो भूकम्पबाट सुनामीको चेतावनी जारी हुने सम्भावना नरहेको बताए।

भूकम्पको केन्द्रबिन्दु नजिकका प्रहरी र विपद् अधिकारीहरूले भूकम्पबाट क्षति वा घाइतेको तत्काल कुनै जानकारी नआएको बताएका छन्।