राजनीति
महाधिवेशन प्रतिनिधिले नाम लेखाउने क्रम उद्घाटन सत्र सकिएसँगै रोकियो‚ सोमबार बिहानबाट पुन: थालिने
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आइतबार राति ९ बजेसम्म २‚६६२ प्रतिनिधिले नाम दर्ता गराएको आयोजकले दाबी गरेको छ।
विज्ञप्तिमार्फत विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेयले संख्याबारे दाबी गरेका हुन्। महाधिवेशन प्रतिनिधिले नाम लेखाउने क्रम उद्घाटन सत्र सकिएपछि रोकिएको छ। नयाँ दर्ता अब भोलि (सोमबार) बिहान सुरु गरिने प्रचार-प्रसार संयोजक सुवास पोखरेलले बताए।
कांग्रेस विशेष महाधिवेशन : अन्य दलका परिवर्तन पक्षधर नेताहरूको चासो
कांग्रेसमा जम्मा ४‚७४३ जना महाधिवेशन प्रतिनिधि छन्। तीमध्ये ५१ प्रतिशत सदस्यले मतदान गरे मात्रै नेतृत्व चयन हुने व्यवस्था विधानले गरेको छ। अर्थात् २‚४१९ जना प्रतिनिधिले मतदान गर्न सक्दा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ।
यो पनि…
