काठमाडौँ। तीनजना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेका छन्।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। खरेलले ललितपुर-२ मा रास्वपाबाट उम्मेदवारी दिने भएका छन् भने गुप्ता सिरहा-१ बाट चुनाव लड्दै छन्।