काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

वासिङ्टन। पूर्वी प्रशान्त महासागरमा लागु–औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अमेरिकी सेनाले जनाएको छ । सेनाले यो आक्रमण समुद्री लागूऔषध तस्करीकोविरूद्ध चलिरहेको अभियानको एक स्वरूप भएको उल्लेख गरेको छ ।

अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न कमान्ड (साउथकम) ले संयुक्त टास्क फोर्स साउदर्न स्पियरले लागु–औषध तस्करी मार्गहरूमा अभियान सञ्चालन गरिरहेको र अवैध लागूऔषध ओसार पसारमा संलग्न डुङ्गा माथि आक्रमण गरेको बताइएको छ ।

सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको “साउदर्न स्पियर” अभियान–अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा सन्दिग्ध लागूऔषध तस्करी गर्ने डुङ्गाहरू विरुद्ध अमेरिकी सैन्य कारबाहीको श्रृङ्खलामा आक्रमण भएको जनाइएको छ ।

अभियान सुरु भएदेखि भएको आक्रमणमा कम्तीमा १३० जना मारिएको रिपोर्ट गरिएको छ, भन कानुनी विशेषज्ञहरू र अधिकार समूहहरू बीच अन्तर्राष्ट्रिय जलमार्गमा त्यस्ता अपरेसनहरूको वैधानिकता र निरीक्षणको बारेमा बहस सुरु भएको छ ।