काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। विभिन्न संस्करणमा लोकप्रिय बनेको ‘पहिलो हाँसो…’ गीतमा गायिका अञ्जु पन्तका आमा-छोरीदेखि जीबी चिरन (चिरञ्जीवी सापकोटा) सम्मले सहकार्य गर्दै नयाँ संस्करण बजारमा ल्याएका छन्।

अञ्जुले स्वर भरेको गीतमा उनकी छोरी परितोषिका पन्त र जीबी चिरन फिचरिङ छन्। करिब चार महिनाअघि यो गीत एआईबाट सिर्जना गरिएको थियो। लगत्तै यसका विभिन्न कभर संस्करण सार्वजनिक भएका थिए। गीतमा भावना लिम्बू र विश्वास नेपालको शब्द छ भने विश्वास नेपालले नै संगीत भरेका हुन्। गीतको ‘मेल भर्सन’मा बदल थापाले स्वर दिएका थिए।

अहिले अञ्जुको स्वरमा अफिसियल भर्सन सार्वजनिक गरिएको हो। त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडियोमा गायक तथा संगीतकार चेतन सापकोटाको पनि अभिनय देख्न सकिन्छ।

गीतको ‘मेल भर्सन’ पनि अफिसियल रूपमा सार्वजनिक गरिने तयारी छ। म्युजिक भिडियोका निर्देशक सिर्जन बरालले मेल भर्सनको भिडियो तयार भइसकेको र केही दिनमै सार्वजनिक गरिने जानकारी दिए।