काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। दक्षिण एसियाकै प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ आजदेखि सुरु भएको छ।

आठ दिन चल्ने महोत्सवमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकको सहभागिता छ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजित यस वर्षको महोत्सव नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको योगदानप्रति समर्पित गरिएको छ। मे २९ देखि जुन ५ सम्म सञ्चालन हुने कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित छ।

महोत्सवमा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिबारे अन्तरविषयक छलफलहरू भइरहेका छन्।

‘साहित्य नै मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम’

यस संस्करणमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जिन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल तथा ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङलगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, अमेरिका र अन्य देशका साहित्यिक व्यक्तित्वको सहभागिता छ।