काठमाडौं। बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
उनले यो घोषणा गर्दै बच्चाहरूको सुरक्षा र खुसीका लागि कुनै पनि सम्झौता नहुने प्रष्ट पारेका छन् । यो घोषणा आगामी २०२७ सालको शुरुआतबाट लागु हुने प्रधानमन्त्रीले बताएका छन्।
आगामी क्रिसमसको अगाडि नै यो निर्णय पारित हुने उनको भनाइ छ।
स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता सबै सञ्जालबाट बालबालिलाई टाढा राखिने बेलायत सरकारले जनाएको छ । यसअघि अष्ट्रेलियाले यो निर्णय कार्यान्वयनमा ल्याइसकेको छ।