जनकपुर। नेपाल-भारतबीच सीमा सीमा-पिलर व्यवस्थित गर्ने समझदारी भएको छ।
नेपाल-भारत सीमा व्यवस्थापन समितिको बैठकले कार्ययोजना बनाएर सीमा-पिलर व्यवस्थित गर्ने समझदारी जुटाएको हो।
जनकपुरमा बुधबार बसेको पहिलो बैठकको निर्णयअनुसार नयाँ पिलर निर्माण‚ पुराना पिलरको मर्मत र सीमा सर्वेक्षणको प्रगति समीक्षा गरेको थियो। बैठकमा दुवै देशको उच्च प्रशासनिक तथा प्राविधिक अधिकारीको सहभागिता थियो।
बैठकमा सीमा क्षेत्रमा सञ्चालन भइरहेका गतिविधिबारे पनि समीक्षा भएको छ। बैठकमा महोत्तरी, पर्सा, सिरहा र सप्तरीलाका प्रमुख जिल्ला अधिकारी‚ वन कार्यालयका प्रमुख‚ पूर्वाधारसम्बन्धी कार्यालयका अधिकारी र भारतीय वाणिज्य दूतावासका अधिकारीहरूको उपस्थिति थियो।