काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ।

महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ।

चालु आव ०८२/८३ का लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट पारित गरेको थियो। महानगरले आगामी आव ०८३/८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनीता डंगोलले यस्तो उल्लेख गरेकी हुन्।

“आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ डंगोलले भनिन्, ‘जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान चार अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ। त्यसैगरी जनसहभागिताबापत एक करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ।”