काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
सस्मित पोखरेल।
अ+
अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए।

“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु‚” मन्त्री पोखरेलले लेखेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल रास्वपाका काठमाडौँ क्षेत्र नम्बर ५ का निर्वाचित सांसद हुन्।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रबाट प्रतिवेदन पास भएपछि मंगलबार निर्वाचन प्रक्रिया सुरु हुनेछ।