काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

फोटो फिचर

१७ असार २०८३
तस्बिरहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द गरिए पनि सेना‚ प्रहरी तथा सशस्त्र प्रहरीले सञ्चालन गरेका पम्पहरू खुला छन्।

खुला रहेका यी पम्पमा डिजेल र पेट्रोल लिने उपभोक्ताको भिड लागेको छ।

निजी पेट्रोल पम्पहरूले भने ‘पेट्रोल छैन’ र ‘डिजेल छैन’ लेखिएका सूचना टाँगेका छन्।

मूल्य घटेसँगै पुरानो मूल्यमा खरिद गरिएको इन्धन बिक्री गर्दा नोक्सानी हुने भन्दै व्यवसायीहरूले पम्प बन्द गरेका हुन्।

पेट्रोल पम्पहरू बन्द हुँदा उपभोक्ताले सवारीसाधनका लागि इन्धन भर्न कठिनाइ भोगिरहेका छन्। खुलेका पेट्रोल पम्पमा उपभोक्ताको लाइन लागेको छ। यसले सार्वजनिक यातायातसमेत प्रभावित भएको छ।

हेरौँ सेनाले काठमाडौँको भद्रकालीमा सञ्चालन गरेको पेट्रोल पम्पमा इन्धन भर्न लाम लागेका उपभोक्ताका थप तस्बिर :