काठमाडौं । वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारमा गएका मृत्युरअशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ।
विवरणअनुसार हालसम्म देशभरका कुल ३ हजार ३६३ जना विद्यार्थीहरू छात्रवृत्ति प्राप्त गरेका छन्। प्राप्त विवरणअनुसार छात्रवृत्ति पाउने कुल विद्यार्थीमध्ये १ हजार ७८१ जना छात्र ९पुरुष० र १ हजार ५८२ जना छात्रा ९महिला० रहेका छन्। प्रदेशगत आधारमा हेर्दा, सबैभन्दा बढी विद्यार्थीहरू लुम्बिनी प्रदेशबाट रहेका छन्, जहाँ ७७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यसै गरी, कोशी प्रदेशबाट ७३७ जना, मधेश प्रदेशबाट ७१३ जना र गण्डकी प्रदेशबाट ५३१ जना विद्यार्थीहरू समेटिएका छन्।
बागमती प्रदेशमा ३८१ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हुनेहरूको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको छ।
विवरणअनुसार कर्णाली प्रदेशबाट १३८ जना र सुदूरपश्चिम प्रदेशबाट ८५ जना विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएका छन्। वैदेशिक रोजगार बोर्डमा प्राप्त हुन आएका छात्रवृत्तिका निवेदनहरू उपर बोर्डले आवश्यक कागजातहरूको मापदण्डका आधारमा छनोट गरे बमोजिम छात्रवृत्ति वितरण गरिएको छ।
मृत्युरअशक्त भएका श्रमिकका छोराछोरीलाई शिक्षामा राहत पुर्याउने उद्देश्यले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम बोर्डले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। बोर्डका अनुसार निवेदनहरू आउने क्रम जारी रहेकोले छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्यामा वृद्धि हुनेछ।