काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसद्‌बाट पारित तीन महत्त्वपूर्ण विधेयकलाई राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रमाणीकरण गरिएका विधेयकमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ छन्। ती सबै विधेयक ३० असार (सोमबार) एकै दिन प्रमाणीकरण गरिएको हो।

संघीय संसद्‌को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका यी विधेयकहरू अब कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। विशेषगरी आगामी आवका लागि आवश्यक बजेट कार्यान्वयन, सरकारी खर्च व्यवस्थापन तथा राजस्व संकलनसँग सम्बन्धित कानुनी आधार तयार भएको मानिएको छ।