काठमाडौँ। वर्षायाम सुरु भएसँगै लगातारको वर्षा र घाम नलाग्ने अवस्थाले लुगा धुने र सुकाउने काम चुनौतीपूर्ण बन्दै गएको छ। यस्तै समस्यालाई मध्यनजर गर्दै सीजीको प्रिमियम ब्रान्ड ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वासर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार सीजीएमडब्ल्यू१०७डीडी मोडेलको मेसिनले लुगा धुने र सुकाउने दुवै काम एउटै उपकरणबाट गर्ने सुविधा प्रदान गर्दछ। १० केजी धुने र सात केजी सुकाउने क्षमता रहेको यस उपकरणमा डाइरेक्ट ड्राइभ (डीडी) मोटर प्रयोग गरिएको छ। जसले आवाज र कम्पन कम गर्नुका साथै ऊर्जा बचतमा समेत सहयोग पुर्याउने बताइएको छ। मोटरमा कम्पनीले १० वर्षको वारेन्टी दिएको छ।
यसमा स्मार्ट ड्राइङ सिस्टम, एजीप्लस र यूभी लाइटमार्फत कीटाणुनाशक प्रविधि, अटो डोज प्रणाली, सुपर स्पा तथा जेट स्प्रेजस्ता सुविधाहरू समावेश छन्। साथै इन्टेलिजेन्ट वासिङ सिस्टमले लुगाको प्रकारअनुसार पानी र समय स्वतः व्यवस्थापन गर्ने कम्पनीको दाबी छ।
आकर्षक ‘डार्क ग्रे’ रङ र ठुलो ढोकासहित डिजाइन गरिएको यो मेसिनले प्रयोगकर्ताको समय र मेहनत बचत गर्दै मनसुनमा पनि सहज जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ। उक्त वासर ड्रायर देशभर रहेका ‘सीजी डिजिटल’ शोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीका वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।