काठमाडौँ। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सात खेलाडीलाई रिटेन गरेको छ।
टोलीले मार्की खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ। साथै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल तथा किरण कुमार ठगुन्नालाई पनि आगामी सिजनका लागि निरन्तरता दिइएको छ।
टोलीले कृष्ण पौडेल, त्रितराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री तथा रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको छ।