काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट ६/६, झापा र मोरङबाट तीन/तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एकजना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ।