काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। सप्तकोसी नदीले जल सतह खतरा तह पार गरेको छ। नदीमा पानीकी बहाब निरन्तर बढीरहेकोले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ।

सप्तकोसीले सुनसरी स्थित चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको प्राधिकरणले बताएको हो।

नदीमा पानीको बहाब निरन्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरुले सोमबारसम्म नै अति उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।