काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले धेरैजसो जिल्लामा वर्षा क्रमश: कमजोर हुँदै गएको बताएको छ।
महाशाखाले बिहान साढे १० बजे गरेको अपडेट अनुसार गएको एक घण्टामा सबैभन्दा बढी ललितपुरको खुमलटारमा पानी परेको छ। खुमलटारमा ३ दशमलव ६ मिलिमिटर पानी परेको छ।
काठमाण्डौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले बताएको छ।