काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र सात राजनीतिक दलहरूबीच हुने चुनावबारेको संवादमा केदारभक्त माथेमा र विद्याधर मल्लिका पर्यवेक्षकको भूमिकामा छन्। आज बालुवाटारमा भइरहेको संवादमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्‌मा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी छन्।

संवादमा नेपाली कांग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन्।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्। राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंहलगायत नेताहरू पनि संवादमा सहभागी छन्।