काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ कार्तिक २०८२
सबै तस्बिर : प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय
अ+
अ-

काठमाडौं। सरकार र सात राजनीतिक दलहरूबीचको संवाद सुरु भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारस्थित सगरमाथा कक्षमा संवाद चलिरहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतको उपस्थिति रहेको प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

प्रधानमन्त्री-सात दल संवादमा माथेमा र मल्लिक पर्यवेक्षक
संवादमा संवादमा केदारभक्त माथेमा र विद्याधर मल्लिका पर्यवेक्षकको भूमिकामा छन्। प्रधानमन्त्रीका प्रेस संयोजक रावलका अनुसार संवादमा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्ले र सोबिता गौतम सहभागी छन्।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्। राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंहलगायत नेताहरू पनि संवादमा सहभागी छन्।