काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरू गरेको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा सहभागि हुन् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुगेका छन् ।
काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि जारी उक्त कार्यक्रममा सहभागि हुन उनी पुगेका हुन् । यस्तै कार्यक्रममा सहभागि हुन् नाउपा संरक्षक रेशम चौधरी पनि पुगेका छन् ।
सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि संवाद कार्यक्रम आयोजना गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको प्रवक्ता झाले बताए ।