काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको हो। पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताबारे निर्णय गर्न कात्तिक १७ गतेका लागि माओवादी केन्द्रीय समिति बैठक तय भएको छ।

माओवादीका अनुसार सम्भवत: भोलिपल्टै अर्थात् कात्तिक १८ गते नै दुई पार्टीबीच एकता हुनेछ।

अध्यक्ष नेपालले माओवादीसँग एकता गर्ने भने पनि झलनाथ खनाल, घनश्याम भुसाललगायत नेताहरु एकताको विपक्षमा छन्।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै पार्टीमा फर्किनका लागि शुक्रबार मात्र सामाजिक सञ्जालबाट सार्वजनिक आह्वानसमेत गरेका छन्।