२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शनिबार) भएको खेलमा सुदूरपश्चिम ६ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। जितसँगै विराटनगर दोस्रो स्थानमा उक्लिँदै पहिलो क्वालिफायरमा पुगेको छ।

विराटनगरका लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए। फाफ डु प्लेसिसले २० बलमा ५० रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे। पहिलो विकेटको लागि फाफ डु र सामले ९७ रनको साझेदरी गरे।

मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए। लोकेश बम ३ र मसिर अहमले ८ रन बनाउँदै जित दिलाए। प्रतिश जीसीले ३ बलमा १३ रन प्रहार गरे। सुदूरपश्चिमका लागि अविनाश बोहोराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

सुदूरका लागि आरिफ सेखले सर्वाधिक ४५ रन बनाए। ओपनर जोस ब्राउन २४, विनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए।

कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा २० रन बनाए पभेलियन फर्किए।

विराटनगरका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले तीन, प्रतिश जीसीले दुई विकेट लिए। बसिर अहमदका नाममा एक विकेट रह्यो।