काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

बगदाद। इराकी विदेशमन्त्री फुअद हुसेनले आफ्नो देश युद्धको प्रत्यक्ष प्रभावमा परेको बताएका छन्। उनले युद्ध जारी रहेमा यसले क्षेत्रीय स्तरमै अस्थिरतालाई थप उकास्ने र अराजकता सिर्जना गर्ने चेतावनी दिएका छन्।

विदेशमन्त्री हुसेन र मध्यपूर्वका लागि बेलायती राज्यमन्त्री हमिस फाल्कनरबीच भएको टेलिफोन वार्ताका क्रममा यसबारे कुरा भएको इराकी समाचार एजेन्सीले जनाएको छ। तनाव कम गर्न र स्थिरता पुनःस्थापनाका लागि आवश्यक परिस्थिति निर्माण गर्न युद्ध रोक्नु नै एक मात्र विकल्प भएको हुसेनले बताएका छन्।

मध्यपूर्वमा जारी युद्धमा ६०० भन्दा बढीको मृत्यु, इरानमा मात्र ५५५ हताहती

इराकले तत्काल युद्धविरामका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रयासहरूलाई तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।

अमेरिका र इजरायलको आक्रमणपछि इरानले मिसाइल र ड्रोन हमलाको प्रत्याक्रमण गर्दा मध्यपूर्वका अमेरिका समर्थित अरब देशहरूमा आक्रमण बढाएको छ। यता इरान समर्थित लडाकुहरूले इराकमा अमेरिकी सेनालाई निशाना बनाउँदै ड्रोन हमला सुरु गरेका छन्। खासगरी कुर्दिस्तान क्षेत्रको एर्बिलमा अमेरिकी बेसहरूमा विस्फोटको घटना भएको छ।

युद्धको धक्का : यूएईका स्टक एक्सचेन्ज बन्द, लगानीकर्तामा छटपटी

युद्धको प्रभाव बढ्नसक्ने खतराकैबीच इराकी प्रधानमन्त्री मोहम्मद एस. अल-सुडानीको अध्यक्षतामा सोमबार राष्ट्रिय सुरक्षाका लागि मन्त्रिपरिषद्को विशेष बैठक बसेको छ। प्रधानमन्त्री अल-सुडानीले देशको सुरक्षा र स्थिरतालाई खलल पुर्‍याउने कुनै पनि कार्यको प्रतिकार गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्। इराकले आफ्नो भूमि कुनै पनि बाह्य वा आन्तरिक द्वन्द्वका लागि प्रयोग गर्न नदिने स्पष्ट पारेको छ।

कुवेतले भुलवश आक्रमण गर्दा तीन अमेरिकी एफ-१५ युद्धक विमान खसालिए

इराकको सुरक्षा बलले नागरिक, विदेशी नियोग, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा र कूटनीतिक नियोगहरूमाथि हुने कुनै पनि आक्रमणलाई कडाइका साथ रोक्ने प्रतिबद्धता जनाएको छ।

इरानमाथिको आक्रमणमा बेलायतले सैन्य आधार शिविर प्रयोगमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रभर संकट, तेल, उड्डयन र अर्थतन्त्रमा ठूलो प्रभाव

कतारका ऊर्जा पूर्वाधारमा इरानद्वारा ड्रोन आक्रमण, प्राकृतिक ग्यासको उत्पादन बन्द